आज नेपालमा :

मनकामना र कालिका मन्दिरमा पक्षी चढाउन नपाइने
[ Posted on 9th of February ]  | visit our Patner websites : waripari.com | nepalbelgium.com| kanunisanchar.com

जिल्लाको मनकामना गाउँ विकास समितिमा रहेको मनकामना माईको मन्दिर र गोरखा नगरपालिकामा रहेको कालिका मन्दिरमा परेवा, कुखुरा, हाँसलगायत पक्षी चढाउन जिल्ला पशुसेवा कार्यालय, गोरखाले रोक लगाएको छ ।
पोखरामा बर्डफ्लु फैलिएपछि उच्च सतर्कताका लागि जिल्लाका विभिन्न कार्यालयका प्रमुखको बैठकले सो निर्णय गरेको हो ।
अर्को सूचना जारी नहुँदासम्म कुनै पनि पक्षी चढाउन नपाइने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक क्षेत्रबहादुर केसीले बताउनुभयो ।
गत वर्ष पनि बर्डफ्लुको हल्ला चलेपछि दुई महिनासम्म मन्दिरमा पक्षी चढाउन रोक लगाइएको थियो ।
मन्दिरमा बोका चढाउन भने रोक नलगाएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो ।




साथीलाइ पठाउनुस | छाप्नुस | कमेन्ट गर्नुस: 0 कमेन्ट हेर्न |मत दिनुहोस: (0 मत) | 164 पटक हेरेको Add to Google Share