फ्रान्सेली राष्ट्रपतीय निर्वाचन प्रचार प्रसारमा तिव्रता
[ Posted on 15th of April ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

यूरोपको वलियो प्रजातान्त्रिक देश फ्रान्समा

राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचार-प्रसारले तिव्रता पाएको छ। यहि अप्रिल २२ र मे ६ गरि दुई चरणमा सम्पन्न हुन लागेको निर्वाचनमा समाजवादी र कन्जरभेटिभ पार्टिवीच तिव्र प्रतिस्पर्धा हँदैछ। वर्तमान राष्ट्रपति निकाला शार्कोजी समाजवादी पार्टिका उमेदवार फ्रस्वा होलण्डसँग चुनावि प्रतिस्पर्धामा छन् भने अन्य आठ प्रतिस्पर्धीहरु पनि चुनावि मैदानमा सक्रिय छन्।




सामाजिक सुरक्षामा वृद्धि, रोजगारी सृजना र आर्थिक स्वतन्त्रता लगायतका मुद्दाहरुका साथ होलण्डले फ्रान्सली जनतालाई सम्वोधन गरिरहेका छन् भन वलियो फ्रान्स र समृद्ध यूरोको नारा लिएर वर्तमान राष्ट्रपति शार्कोजीले जनमतलाई आफ्नो पक्षमा कायम राख्न खोजिरहेका छन्। फ्रान्सको मुख्य शहर मानिने मार्शेई बाट शुरु गरेको निर्वाचन अभियानलाई शार्कोजीले तिव्रता दिएका छन् , दिनहूँ जसो आयोजना हुने निर्वचान प्रचार-प्रसार र भेटघाटमा सक्रिय देखिन्छन् भने आईतवार दुवै उमेद्वारहरुले पेरिसमा विशास आमसभाको आयोजना गर्दैछन्।



शार्कोजी र होलण्ड दुवैले आफूले फ्रान्सली जनताको विश्वास जित्ने दावि गरे पनि मत सर्भेक्षणहरुले फ्रँस्वा होलण्डलाई निकै अगाडि देखाएका छन्। गत हप्ता मात्र शार्कोजीलाई तीन प्रतिशतले पछि पार्दै होलण्ड अगाडि वढेका छन्। यद्यपि पहिलो चरणको निर्वाचन सम्पन्न हुन एक हप्ता वाँकि छ र फ्रान्सेली संविधान अनुसार दोश्रो चरणको निर्वाचनले मात्र राष्ट्रपतीको छनौट गर्नेछ।
रामहरी खकुरेल

 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 156 पटक हेरेको