वेल्जियमको डिपोर्ट सेन्टरमा रहेका नेपाली छुटाउन एन आर एनको पहल
[ Posted on 22nd of June ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

लामो समय देखि वेल्जियम वस्दै आएका तर हाल

डिपोर्ट सेन्टरमा रहेका टेक लामाको रिहाइको लागि अन्तत एन आर एन वेल्जियम पनि सकृय भएर लागेको छ । वेल्जियममा रहेको युरो नेपाल कलाकार संघका लागि टेक लामा एक खम्वाको रुपमा रहेका छन । उनलाई केही हप्ता अधि प्रहरीले अवैधानिक रुपमा वेल्जियम वसको आरोपमा उनकै कोठावाट प्रकाउ गरेका थिए । शुक्रवार युरो नेपाल कलाकार संघ वेल्जियमले लामाको रिहाइको लागि पर््रदर्शन गर्ने कार्यक्रमको अयोजना गरेको थियो । लामाको रिहाइको लागि वेल्जियम स्थित एन आर एन र अन्य नेपाली सघसंस्था पनि सकृय भएका लागेको छ ।

आज लामा रहेको डिपोर्ट सेन्टरका डाइरेक्टरलाई एन आर एन को तर्फाट लामालाई रिहाइ गर्न एक अपिल पत्र वुझाइएको छ । नमस्ते युरोप संग कुरा गर्दै युरो नेपाल कलाकार संघ वेल्जियमका अध्यक्ष पदम गुरुङ्गले भन्नु भयो लामाको रिहाइको लागि डाइरेक्टरलाई अपिल पत्र वुझाइए पछी आउदो मंगलवार गर्ने भनिएको उनको डिपोर्ट हालको लागि स्थगित भएको छ । गुरुङ्गले आजको पर््रदशनका सहयोग पुयाउनु हुने सवैलाई विशेष धन्यवाद दिनु भयो ।
फोटो गजेन्द्र वोगती

 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 750 पटक हेरेको