किन प्रकाउ पर्दैछन वेलायतवाट वेल्जियम आएका विधार्थीहरु ?
[ Posted on 11th of August ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

पहिले युरोप वाट युके गन्तव्य हुन्थ्यो ।

अहिले ठिक उल्टो छ । युकेवाट सुनौलो भविस्यको खोजीमा युरोप प्रवेश । विधार्थीका रुपमा वेलायत आएका कति नेपाली युवाहरु पनि सुनौलो भविष्य देख्दै युरोप आएका छन । आउने क्रम अझै जारी छ । तर यसको अन्त युरोपका क्लोज क्याम्प रहेको छ । विशेषत वेलायत वाट युरोप आउनेहरुको अहिले पहिलो रोजाई पोर्चुगल रहेको छ । यहा लिसावोनको सडकमा नेपालीहरु जता ततै ठोकिन्छन । जस मध्ये धेरै संग छैन वैधानिकता । तर पनि एउटा आसा छ कतै रेगुलाइजेसन खोल्ला र वैधानिकता हुन पाउ भन्ने । पोर्चुगलको आय अन्य विकसित युरोपियन राष्टको तुलनामा निकै कम छ । यहा काम पाइन निकै कठिन छ । यर्सथ कतिले त देशवाट पैसा मगाएर जिविकापार्जन गर्दै छन ।

गैरकानुनी र भाषाको कारण काम पाइदैन । कालो काम पाइता पनि श्रमको शोषण ज्यादै हुन्छ। कहिले काहित पैसा पनि दिइदैन । हरेक पटक वाटोमा हिडे देखि कोठामा वस्दा समेत प्रहरीले समाउला भन्ने डर । एक किसिमले भन्नु पर्दा मानसिक रोग को शुरुवात हुन्छ । वैधानिक हुनको लागि कालो काम वाट कमाइएका केही रकम समेत वकिल र एक ठाउवाट अर्को ठाउ यात्रामा सकिन्छ । यही हो यथार्त । तर पनि वुझपाइचान्छ यस्ता यर्थातहरु ।

पोर्चुगल वाहेक अरुको गन्तव्य फान्स वेल्जियम हल्याण्ड जर्मनी रहेका छन । वेल्जियममा हरेक हप्ता केही नेपाली प्रकाउ पर्दछन । यसमा धेरै जसो वेलायतवाट आएका विधार्थी रहेका छन । किन प्रकाउ पर्छन त उनिहरु ।

युरोप वस्नको लागि केही नियम रहेका छ। यहा हरेका डाटा सरकार संग छ । जसलाई वैधानिकता भनिन्छ । वैधानिकता हुनको लागि विभिन्न प्रकृया छन । तर धेरै विधार्थीहरुको पहिलो रोजाइ वन्छ शरण । शरण चाहनको लागि विशेष अवस्था हुनु पर्दछ । जेनेभा कन्भेन्सन अन्तरगत राजनैतिक धार्मिक र समाजिक कारण कसैको ज्यान जाने स्थित छ र त्यसलाई सम्वन्धित राष्टको प्रसासनवाट कुनै सहयोग हुदैन वरु उल्टै पिडित हुन्छन भने अर्को राष्टले शरण दिनु पर्दछ । विधार्थी हरु पढन आउदै नेपाल र युके प्रवेश गर्दा फिन्गर प्रिन्ट दिएका हुन्छन । युरोपमा शरण चाहनेको पनि फिन्गर प्रिन्ट लिइन्छ । यसै क्रममा ती युरोपियन देशमा भएका आप्रवासीहरुको फिन्गर प्रिन्ट भिडाइन्छ र फेला पारेमा उनिहरुलाई प्रकाउ गरिन्छ । सामान्य मान्यता के हो भने पढन आएका हरुलाई शरण दिइदैन । यसै कारण पनि वेल्जियममा शरण चाहने वेलायत वाट आएका विधार्थीलाई पकाउ गरी डिपोर्टर्ेे सेन्टरमा लगिन्छ ।

युकेमा अर्को कुरा यहा मोवाइ फोन कम्युटर मासिक शुल्क वुझाउने गरि क्रेडिटमा लिन पाइन्छ । यसैकममा कतिले फरक कम्पनीवाट आइ फोन आइ प्याड वा ल्यापटप लिन्छन र त्यसको मासिक शुल्क तिदैनन । यसै क्रममा ती कम्पनीले उनिहरुको डाटा सम्वन्धीत प्रशासन मा दिन्छन । यसवाट युरोपियन राष्टमा शरण चाहने कति नेपालीहरुलाई प्रकाउ गर्न सहयोग पुगेको छ ।
अर्को विषय एकले अर्को को जानकारी दिने गर्दा समेत प्रकाउ मा पर्दछन ।

सवैभन्दा ठुलो कुरा युरोप किन र के को लागि आउदै छु भन्ने र यहाको परिस्थितीको ज्ञान नराख्नु नै डिपोर्ट हुने कारण हुन । युरोप वैधानिक वाटो वाट पनि आउन सकिन्छ । हाइ क्यालिफाइड हरुको लागि विशेष सुविधा दिएर युरोपमा राखिन्छ । पढन चाहनेहको लागि पनि विभिन्न स्कलरसिपहरु छन । उनिहरुले उच्च शिक्षा समेत हासिल गर्न सक्छ । यसैले शरण को वाटो भन्दा वैधानिक वाटो समातेर आउदा मानसिक तनाववाट पनि मुक्त हुन सक्छ ।

 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 1208 पटक हेरेको