ट्वीट्स्, टेक्स्ट्स्, इमेलहरु, पोस्टहरु ।

नयाँ अनुसन्धानले इन्टरनेटले हामीलाई एक्लो बनाउँदै गरेको तथ्यहरु खुलासा गरिरहेका छन् । एक्लोपनसँगै मानिसमा तनाव र निराशा मात्र होइन, मानसिक बिमारीहरुजस्तो उच्चतम स्वरुप पनि देखाउन थालेको छ । न्युजविकमा प्रकाशित टोनी डोकोपिलको रिपोर्टः
इन्टरनेटको संसारमा सबैभन्दा तीव्र गतिमा संसारभरका दर्शकले हेरेको भिडियो निर्माण गर्ने जेसन रसेल अहिले इन्टरनेटमा उति झुम्मिदैनन् । उनको युट्युब अकाउन्ट मृत छ, उनको फेसबुक र ट्वीटर अकाउन्टमा बच्चाहरुले निजी बगैँचामा खेलेका वा गोडमेल गरेका तस्बिरहरु मात्र अपडेट हुने गरेका छन् । अहिले उनी सोच्छन्, "इन्टरनेट आफूलाई जनताले कति रुचाउँछन् भन्ने जान्नका लागि मात्र होइन रहेछ ।" बरु प्रविधिप्रतिको आशक्तताका कारण महसूस गर्ने गरेको 'जिनियस, एडिक्ट वा ईष्र्यालु'समेत बनाइदिएको छ । अहिले उनले एक जना हास्य कलाकार एन्डी बोरोविजले भनेको ठीकै लाग्दैछ, "कम्प्युटरलाई अफ गरेर वास्तविक संसारमा वास्तविक काम गर्नु कति महत्वपूर्ण छ !" उनले यो भनाइलाई आफ्नो ट्वीटरमा फेभरेटका रुपमा ट्याग गरेका छन् ।
यो कुरा बुझ्न रसेलले निकै सङ्घर्ष गर्नुपर्यो । उनले 'कोनी २०१२' जस्तो डकुमेन्ट्री बनाए । यो डकुमेन्ट्री अपि|mकाका विद्रोही जोसेफ कोनीको बारेमा थियो । यो डकुमेन्ट्रीको उद्देश्य थियो, सोसल मिडियाहरुलाई प्रयोग गरेर कोनीलाई लोकपि्रय बनाउनु र उसलाई लोकपि्रय बनाउँदै उसले गरेका अपराध रोक्नु । उनको उद्देश्यमा उनी सफल भए । यो डकुमेन्ट्री केही घण्टा, केही दिन हुँदै एक साताभित्रै ७ करोड मानिसले हेरे । यो प्रक्रियाका क्रममा रसेललाई नहुनुपर्ने चिज भइदियो । जुन डिजिटल सामाग्रीले उनको उद्देश्यमा सफल बनायो, उनलाई त्यही सामाग्रीले मानसिक बिरामी बनाइदियो । उनको यो भिडियोप्रति यति धेरै आलोचना भयो कि उनले सोसल मिडिया नै त्याग्ने निश्चय गरे ।
भिडियोलाई लोकपि्रय बनाउन चार दिनसम्म उनी मुस्किलले दुई घण्टा सुते । यस क्रममा उनी इन्टरनेटको यति लती भइसकेका थिए कि 'आइ मेट द वाल्रस' नामक छोटो एनिमेटेड भिडियो बनाए, जहाँ जोन लेननजस्ता गायकसँग अन्तरवार्ता गरे । उनले इन्सेप्सन नामक हलिउड फिल्मबाट प्रभावित भई 'तपाईंको दिमागलाई प्रशिक्षित गर्नुहोस् भन्न थाले र बाइबलको असल र खराब छनोट जनाउने शब्दको ट्याटु खोपाएको फोटो सार्वजनिक गरे ।
यी सबै क्रियाकलाप गरेको आठौँ दिन, २१ औँ शताब्दीको सबैभन्दा खतरनाक परिणाम, उनले अन्तिम ट्वीट गरे, मार्टिन लुथर किङ जुनियरले भनेको कुरा, "यदि तपाईं उड्न सक्नुहुन्न भने दौडिनु होस्, दौडिन सक्नु हुन्न भने हिँड्नु होस्, हिँडन पनि सक्नुहुन्न भने घिसि्रनु होस् तर तपाईंले जे सुकै गर्नु भए पनि अघि बढिरहन चाहिँ नछाड्नुहोस् ।" र, यस दिनपछि उनले आफ्नो इन्टरनेटको संसारबाट बिदा लिए र वास्तविक संसारमा विचरण गर्न थाले । उनले आपmनो कपडा खोले र दौडिदै गएर उनको नजिकैको भित्तोमा रगतपच्छे हुञ्जेल हातले भित्तामा हानी रहे । यो भिडियो पनि इन्टरनेटको संसारमा भाइरल भिडियो प्रमाणित भयो ।
डाक्टरहरुले रसेललाई 'रिएक्टिभ साइकोसिस' भएको बताए । यो एक किसिमको अस्थायी दुष्ट्याईं हो । बेलाबेलामा उनको दिमागमा यस्तो धारणा दौडिने गर्दछ र उनी आफैँलाई दुःख दिने कोसिसमा लाग्न थालिहाल्छन् । यस्तो हुनलाई मानिसले लागू औषध खाइरहनु पर्दैन न त रक्सीको नशा नै चढेको हुनुपर्छ । रसेलकी श्रमिती डानिकाले आफ्नो यस्तो तनाव आफ्नो ब्लगमा पोखिन् र भनिन्, "वास्तवमा यस्तो रोग हाम्रा लागि नयाँ नै हो । चिकित्सकहरुले यो अनुभव साधारण हो भन्छन् । उनले संसारभरिबाट पाएको प्रतिक्रिया र आलोचनाबाट उनी विक्षिप्त भएका हुन् भन्ने चिकित्सकहरुको निक्र्यौल छ ।"
चार महिनापछि जेसन अस्पतालबाट निस्किए । उनको कम्पनीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, "उनी अझै आराम गरिरहेका छन् ।" उनकी श्रीमती डानिकाले एक महिनासम्म श्रीमान्का बारेमा कुनै मुख खोलिनन् । जेसनको सोसल मिडिया अकाउन्ट अन्धकारमै रहे ।
यो घटना इन्टरनेटले मानिसलाई कसरी ध्वस्त बनाउन सक्छ भन्ने गतिलो उदाहरण दिएको छ । त्यसो त इन्टरनेटका कारण हामी कसरी सोच्छौँ र के महसूस गर्छौं भन्ने कुरा पनि उत्तिकै निर्धारित गर्ने गर्दछ । यो त टेलिभिजनले बालबालिकालाई पार्ने प्रभावभन्दा खतरनाक भएको केहीको धारणा छ । यसको प्रमाण अहिले संसारभरि थुपि्रन थालेका छन् । इन्टरनेटलाई, बोक्न सजिलो, सामाजिक, काममा ऊर्जा थप्ने भन्ने विशेषण लगाइन्थ्यो भने अहिले यसको ठीक उल्टो उदाहरण देखिन थालेको छ र धेरैजसो इन्टरनेट प्रयोगकर्ता सामाजिक रुपमा एक्लो महसूस गर्ने, ज्यादाजसो चिन्तित रहने, निराश हुने, जिद्दीवाललगायतका कैयौँ समस्याहरु देखिन थालेको छ र यो क्रमशः मानसिक रुपमा निकृष्टसमेत हुँदै जान थालेको प्रमाण फेला पर्न थालेको छ ।
सन् १९९६ को समरताका एमआइटीका सात अनुसन्धाताहरु आफूलाई 'साइबर्ग'का रुपमा उभ्याउन कम्प्युटरमा हरदम व्यस्त हुन थाले । उनीहरु भौतिक र भर्चुअल संसारमा उत्तिकै बराबरी समय दिन्थे । उनीहरु गोजीमा कीबोर्ड बोक्थे, झोलामा रेडियो ट्रान्समिटर राख्थे । उनीहरुको आँखा हरदम स्त्रिmनमा टाँसिएकै हुन्थ्यो । एमआइटीका मनोविज्ञ शेरी टर्कलले यी साइबर्ग स्वस्थ भएको दाबी गर्थिन् तर पछि चिकित्सकहरुले उनीहरु कुनै न कुनै रुपमा मानसिक बिमारीले ग्रस्त भएको बताएका थिए ।
हिजोआज स्थिति कतिसम्म बिगि्रसकेको छ भने मान्छे सुत्न जानुअघि पनि अनलाइन हुन चाहन्छ, उठेर पनि अनलाइन भएर केही कमेन्ट गरिसकेपछि मात्र मुख धुन्छ ।
अमेरिकामा अहिले प्रविधिले कतिसाह्रो अँठ्याएको छ भने, सामान्यतः एक व्यक्तिले प्रतिमहिना ४०० टेक्स्ट पठाउने गर्दछ, सन् २००७ मा भन्दा चार गुणा बढी । झन् टिनएजरहरुमा त यो रोग झन् बढ्दो छ । अहिले त स्थिति कस्तोसम्म छ भने, मेरो मोबाइल बजेन भने मोबाइल अफ भयो कि वा बिगि्रयो कि भन्ने चिन्ता हुन थालेको छ । यसलाई अध्ययनकर्ताहरुले 'फ्यान्टम-भाइब्रेसन सिन्ड्रोम' नाम दिएका छन् ।
"यो विषय केहीका लागि वाहियात लाग्ला तर वास्तवमा पर्यावरणीय परिवर्तन भन्दा पनि चिन्ताको विषय हो", अक्सोफोर्ड विश्वविद्यालयकी फार्माकोलोजीकी प्राध्यापक सुसान गि्रनफिल्ड भन्छिन्, "हामीले हाम्रा सन्तानका लागि निकै कामलाग्ने चिज बनाएकोमा हामी गर्व गथ्र्यौं तर चाँडै नै हामीले चश्मादार भूत बनाउने बाटोमा छौँ ।" उनी अहिले डिजिटल संस्कृतिले हामीलाई कस्तो बनाउँदैछ भन्ने विषयमा पुस्तक लेख्दैछिन् ।
के उसो भए इन्टरनेटले हामीलाई बौलाहा बनाउँदै छ ? प्रविधि आफैँले हामीलाई बौलाहा बनाएको होइन न त इन्टरनेटमा पस्किने कुनै विषयवस्तुले नै । न्युजविक पत्रिकाले हालै गरेको एउटा अध्ययनले पनि यस्तै प्रमाण फेला पारेको छ । सेमेल इन्स्िटच्युट अफ न्युरो साइन्स एण्ड हृयुमन बिहेभियरका निर्देशक पिटर हृवाइब्रो तर्क गर्छन्, "कम्प्युटर त अहिले इलेक्ट्रोनिक कोकिनझैँ बन्न पुगेको छ । मानिसको व्यवहारमा यसले ठूलो परिवर्तन ल्याइरहेको छ ।" वेबको प्रभाव कस्तो छ भन्ने विषयमा लेखिएको पुस्तक ँद सालोज्'ले पुलिट्जर पुरस्कारमा नामाङ्कन हुने अवसर पाएको थियो । पुस्तकले भन्छ, "इन्टरनेटले हाम्रा सन्तानहरुमा अस्वस्थ चिन्तन बढाएको छ, इन्टरनेटमै बढी पर्नुपर्ने बनाइदिएको छ र तनाव अभिव्यक्त गर्ने पारिदिएको छ ।" योभन्दा अझै अघि बढेर क्यालिफोर्नियाका मनोविज्ञ ल्यारी सोसेन भन्छन्, "इन्टरनेटले त राक्षसी प्रवृत्तिलाई अझ बढी उक्साएको छ, बढाइदिएको छ ।"
रमाइलो त के छ भने अमेरिकाका केही अध्येताहरुले इन्टरनेटको लतका बारेमा नकारात्मक टिप्पणी गर्दै यो एउटा गम्भिर किसिमको समस्या हुने बताइरहेका बेला र दशकौँ यसमा घोत्लिएर प्रमाण जुटाइरहेका बेला चीन, ताइवान र कोरियाले हालै राष्ट्रिय स्वास्थ्य समस्यामा इन्टरनेटमार्फत् उप्जने मानसिक समस्यालाई पनि समावेश गर्न थालिएको छ । ती देशका ३० प्रतिशत टिनएजरहरु इन्टरनेटको लतमा लागेका छन् । अधिकांशले गेम, भर्चुअल रियालिटी र सोसल मिडियाबाट उत्पन्न हुने समस्या आदिका कारण पत्रपत्रिकामा पहिलो पृष्ठको समाचार बन्न थालेका छन् । इन्टरनेटमा बढीभन्दा बढी बसेका कारणले भोजनको कमी र भोजनको कमीसँगै रगतको कमीका कारण भएको मृत्यु हुन पुगेको समाचारमा जनाइएको थियो ।
अहिले कोरियाली सरकारले इन्टरनेटका कारण बढ्दो पागलपनलाई रोक्न उपचार केन्द्रहरु सुरु गरिसकेको छ । खासगरी राति अबेरसम्म इन्टरनेटमा बस्ने केटाकेटी र युवाहरुलाई उपचारका नाउँमा वेबसाइट नै बन्द गरिदिने गरेको छ । चीनमा आमाहरुलाई आफ्ना सन्तानका लागि कसरी सुरक्षित बनाउने भनी सिकाउने विशेष व्यवस्था नै गरिएको छ । इन्टरनेटका लतीहरुलाई त्यसबाट उकास्नका लागि विद्युतीय झट्का दिने उपायसमेत अवलम्वन गर्न थालिएको छ ।
"जे सुकै कुराको लत लागेको भए पनि उपचार गर्ने एउटै माध्यम भनेको झट्का दिनु नै हो", स्टानफोर्न विश्वविद्यालयको स्कुल अफ मेडिसिनका एलियास एबोजोद भन्छन्, "मैले यस्ता कैयौँ बिरामीहरुलाई देखेको छु, जोसित कुनै कुराको पनि लत भएको इतिहास छैन वा थिएन तर इन्टरनेट र प्रविधिले उनीहरुलाई लती बनाइदिएको छ ।"
एलियासले सन् २००६ मा गरेको अध्ययन 'समस्याजन्य वेब बानी'का बारेमा ँभर्चुअल्ली यु' किताबमा लेखेका छन् । उनले सो पुस्तकमा ४० वर्ष पार गरेका र वाषिर्क रुपमा ५० हजार डलरभन्दा बढी आम्दानी भएका इन्टरनेट प्रयोगकर्ताहरुमा इन्टरनेटसँग गाँसिने अस्वाभाविक र अस्वस्थ बानी हुनेहरुको संख्या बढ्दै गरेको जनाएका थिए । उनले त्यो अमेरिकी प्रसङ्गमा बताएका थिए तर अहिले त यो विश्वव्यापि समस्या बनिसकेको छ ।
लगभग यही बेला ताइवानमा आइफोन लतका बारेमा एउटा अनुसन्धान गरिएको थियो । एउटा स्कुले ठिटो आइफोनको प्रेममा यति गहिरो गरी फँस्यो कि उसले २४ सै घण्टा आइफोन चलाएकाले बेहोस हुन पुग्यो । अर्की एक महिलाले गाडी हाँक्दै गर्दा पनि आइफोन चलाइरहेको पाइयो । अमेरिकामा यही समय २०० व्यक्तिहरुमाझ गरिएको अध्ययनले १० जनामध्ये १ जना आइफोनको पूरै लती भएको स्वीकार गरेका थिए ।
यसैगरी, अमेरिकाकै दक्षिणी क्यालिफोर्नियामा गरिएको एउटा अध्ययनमा हरेक पन्ध्र मिनेटमा इमेल वा अन्य सोसल नेटवर्क वा टेक्स्ट म्यासेज चेक गर्ने गरेको र म्यासेज नआएको भए खिन्न हुने गरेको तथ्याङ्क बजारमा आएको थियो ।
सो भए इन्टरनेट एडिक्सन (लत) को व्याख्या कसरी गर्ने त भन्ने चिन्ता पनि अध्येताहरुमा उत्तिकै छ । जोन क्यु पब्लिकले 'इन्टरनेट लत'लाई सातामा ३८ घण्टाभन्दा बढी अनलाइन हुनुलाई लत हो भनी व्याख्या गरेका छन् । जो इन्टरनेट छोड्न चाहेर पनि छोड्न नसक्ने, इन्टरनेटमा बस्न नपाउँदा अधैर्य हुन्छन्, त्यस्ता इन्टरनेट प्रयोगकर्ताहरु अस्वस्थ भएको भनी परिभाषित गरिएको छ ।
लगातार दुई वर्षभन्दा बढी इन्टरनेटमा ज्यादा समय बिताउँदा मानिस निराशा, चिन्ताजस्ता कुराहरु बढ्ने बताइएको छ । यस्ता मानिसहरु एक्ला हुने, वास्तविक संसारका साथीहरु छुट्ने र त्यसबाट उत्पन्न अवस्थाबाट दुःखी हुने हुन्छन् । वेब लतको सबैभन्दा खराब पक्ष भनेको हिँडडुलमा कमी हुनु, राम्रो निद्रा सुत्न नसक्नु, मानिससँग प्रत्यक्ष भेटघाटको अवसर नहुनुजस्ता देखिएका छन् । सबैभन्दा बढी इन्टरनेटमा समय बिताउनेहरुको मनोदशा आत्महत्यासम्म पुग्ने पनि चिनियाँ अनुसन्धानबाट देखिएको छ ।
यस्ता अध्ययनबाट देखिएको छ, ठूला सहरका बालबालिकाहरु यस किसिमको जोखिमबाट बढी प्रभावित छन् । गाउँ वा साना सहरमा यस्ता समस्या विकसित हुन पाएको छैन ।
उसो भए यी समस्याबाट हामीले कसरी मुक्ति पाउने ? अध्ययनले भन्छ, इन्टरनेटलाई हामी छल्न सक्तैनौँ । यसबाट हामी उम्कन सक्तेनौँ तर यसको समुचित प्रयोग गर्ने र अनावश्यक प्रयोग र व्यस्तताबाट मुक्त हुन सके हामीले हामी आफैँलाई जोगाउन सक्छौँ ।
श्रोत नेपालीपत्र