प्रबास, दोश्रो पुस्ताको चुनौती कि अबसर – कमल केसी

   

जन्म दिने आमा र जन्मभुमी कस्लाई प्यारो हुँदैन र ? कोही रहरले, कोही बिबसता र बाध्यताले, कोही अरुको देखासिकी गरी मुग्लान छिर्छन । प्रबेश गर्ने माध्यमहरु फरक भएता पनि सपना र लक्ष्य लग्भग सबैको एउटै हुन्छ, उज्ज्वल भबिश्य निर्माण गर्ने । पारीबारिक माया, साथीसङ्गीको मित्रता, इस्टमित्रको सद्भाबलाई थाती राख्दै भारी मन गरी उही मुग्लान अर्थात प्रबास छिर्न अघी बढ्नेहरुको तांती हरेक दिन हजारौको सँख्यामा देख्न सकिन्छ ।

गती नभए सम्म प्रगती हुँदैन भन्नेहरु, आफ्नो आफन्त भनु या छोरा नाती बिदेश गएको छ भन्न पाउदा खुशीले गद्गद हुन्छन नै । त्यसको अलवा समाजमा अझ बढी गरिमा बढेको महशुस गर्छन् तर केही यस्ता समुह छन उनिहरु बिदेश बस्नेहरुलाई तेश्रो दर्जाको मान्छे भन्न पनि पछी पर्दैनन् । यि भन्दा फरक समुह पनि भेटिन्छन्, जो बिदेश शयर गर्दा उनै प्रबासीहरुसंगै घुमघाम गर्ने, परेको खण्डमा सहयोग पनि लिने र स्वदेश फिर्ता भए पछी उनिहरुले गर्ने श्रमको आलोचना गर्ने ।

बिदेश भन्ने शब्द नै काफी छ, जुन जन्मभुमी जस्तो हुँदैन । विश्वको ईतिहास केलाउने हो भने पनि बिदेशमा पहिलो पुस्ताले धेरै संघर्ष गर्नै पर्छ र गरेका देखिन्छन । भाषागत समस्या, कार्यगत दक्षता, उपयुक्त तालिम, कानुनी परामर्श, उपयुक्त शिक्षा एबम विश्वाशको बातावरण आदि कारणहरु सँग जुध्दै पहिलो पुस्ता अघि बढ्नुपर्ने हुन्छ । आफ्नो रोजाइ अनुसारको कार्यगर्न बिबिध बाधा अड्चनहरु तगारो बनी कुद्नु पर्ने मान्छेहरु, कछुवाको गतिमा हिंड्न वाध्य हुन्छन । जसले स्थाइ बसोबास गर्ने अनुमती पाईसकेका छन उनिहरु आफ्नो भन्दा दोश्रो पुस्ताको भबिश्य खोजी रहेका हुन्छन ।

दोश्रो पुस्ता, जसको अबिभाबक आफुलाई प्रबासमै खुट्टा टेकाउन सफल भएका हुन्छन उनिहरु आफ्ना सन्ततिहरुलाई प्रगतिको शिखरमा पुर्याउन चाहन्छन, यसमा कसैको दुइमत नहोला । उनिहरुको लागि प्रबास चुनौती पनि हुन सक्छ र अबसर पनि । यदी मेहनत गर्ने हो भने, हाम्रा ती सन्ततिहरु प्रतिस्पर्धामा अाइ अब्बल ठहरिन सक्छन । उनिहरुको लागि धेरै अबसरहरु छन । अध्ययन गर्ने उमेर (औसतमा २५ बर्षसम्म) सम्म कुनै आर्थिक प्रलोभनमा नलागी आफ्नो इच्छा, क्षमता र दक्षता अनुसार बिषय छनौट गरी त्यसैमा बिशिष्टता हासिल गर्न सके भबिश्य सुनिश्चित छ । यदि अध्ययनलाई निरन्तरता दिन नसके आफ्नो इच्छा अनुसारको ब्यबसायिक तालिम हासिल गरी त्यसैमा अघि बढ्दा पनि जिबन जिउन सरल हुन सक्छ ।

तर जे गरे पनि पैसा आउछ भन्ने मानसिकता पालेर शुरुमै सजिलो बाटो खोजी अध्ययनलाई बोझ सम्झी सानो तिनो कार्यमा हात हाल्दा शुरुमा रमाइलो भए पनि पछी सम्म पछुताउनु पर्ने हुन सक्छ । हो काम भनेको काम नै हो । फरक यति हो, शारीरिक रुपबाट गर्ने काम र मानशिक रुपमा गर्ने काम । बौध्दिक रुपमा गरिने कार्य शुरुमा केही बोझिलो भएतापनि कालान्तरमा सजिलो हुन जान्छ । शारीरिक रुपमा गरिने कार्य शुरुका दिनमा आनन्द आएतापनी शरीरमा तागत कम हुँदै जादा बोझ हुन सक्छ । समुद्रमा पानी भर्न जादा घैला जत्रो लिएर गयो घैलाअनुसारको पानी पाउने हो, त्यसैले प्रबास दोस्रो पुस्ताको लागि अबसर कि चुनौती, निर्णय आँफैले गर्ने हो ।

वेल्जियम

 तपाईं हामीसंग एन्ड्रोइड एप का साथै फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Disclaimer : The idea of a free press is one that we hold in the highest regard. We believe in bringing our site visitors ,the widest possible array of information . We have great trust and respect for you . Among the material posted here for your consideration, there will doubtless be some that you find useless, and possibly offensive, but we believe you will be perceptive enough to realize that even the stories you disagree with some value in terms of promoting your own further self-definition and insight. Our site is a smorgasbord of material...take what you wish and click or scroll right past that which doesn't interest you.
Fair use Notice : Many of the stories in this site can be use as its efforts to advance the understanding of environmental issues and sustainability, human rights, economic and political democracy, and issues of social justice. We believe this constitutes a 'fair use' of the copyright material as provided by Copyright Law. If you wish to use such copyright material for purpose of your own that goes beyond 'fair use'...you must obtain permission from the copyright owner.
© 2018 namasteeurope.com :::फोटो तथा समाचार पठाउन  : info@namasteeurope.com