नेपाल महोत्सव कति सफल कति असफल – महेश थापा

   

१७ अप्रिल २०१६ मा वेल्जियमको ल्युभेनमा नेपाल मेला आयोजन गरियो । नेपाली दुतावास वेल्जियमको संरक्षकत्वमा गैर आवासिय नेपाली संघ वेल्जियमले आयेजना गरेको यो मेला मा ल्युभेनका मेयर प्रमुख लुइस टोवाक एन आर एन का केन्द्रिय अध्यक्ष लगायत पदाधिकारीहरु अथितीको रुपमा आएका थिए ।
वेल्जियमको ल्युभेनमा मात्रै हजारौ नेपाली वसोवास गर्ने गर्दछन । सो स्थान एन आर एन वेल्जियमले नेपाल मेला गरेको यो पहिलो पटक भने अवस्य हैन । यस पटक मेलाको विशेषता नेपाली मौलिक कला संस्कृति झल्काउने उदेश्य रहेको थियो । यदापी पंतिकार विहान १० वजे मेला स्थल पुग्दा स्टल र मन्च तयारी गर्ने कार्य हुदै थियो । एन आर एन वेल्जियमका अध्यक्ष गंगाघर गौतम त्यहा निर्देशन दिदै थिए । तर पर्ुव योजनाको अभावमा के कसो गर्ने भन्ने अन्यौल रहेको देखिएको थियो । स्टल र मन्च तयार गर्न विभिन्न संघ संस्थाको प्रतिनिधीहरु र स्वयमसेवक निकै सकृय रहेका थिए ।

नेपाली भन्ने वित्तिकै समयमा कार्यक्रम शुरु गर्न नसक्ने परम्परालाई यो पटक पनि आत्मसाथ गर्दै झाकी प्रदशन गरी नगर पर्रि्रम गर्ने कार्यक्रम गरियो । स्थानिय प्रशासनले अनुमति दिएको वाटालाईे उल्टो प्रयोग गरी याली निकालिएको थियो । प्रशासनले भने यस वारे कुनै प्रतिरोध गरेन । स्थानिय मुख्य क्षेत्रमा नौमति वाजाले माहोल तताएको थियो भने । झयाल झयाल वाट मानिस के भएछ भनि हर्ेन आतुर देखिएका थिए ।

कार्यक्रममा अथिती ग्रहण खादा भाषणको पुनरावृतीलाई यो पटक पनि रोक्न सकिएन । तर मेलामा भखैरै मुटुको शल्यकृया गरेका वेल्जियमका नेपाली राजदुत राममणी पोखरेलको उपस्थितीलाई सकारात्मक रुपलाई लिनु पदर्छ । मेलामा एन आर एन केन्द्रिय अध्यक्ष केन्द्रिय उपाध्यक्ष लगायत वेल्जियम नै कर्म क्षेत्र वनाएका केन्द्रिय सचिव केन्द्रिय महिला उप सयोजक केन्द्रिय सदस्य हरु लगायत विभिन्न देशका एनआर एन एन सिसि का पदाधिकारीहरुको उपस्थितीले निकै हौसला प्रदान गरेका थियो ।

मेलामा वेल्जियमको अन्य क्षेत्रवाट आउन वसको सुविधा गरिएको थियो । तर वसमा अपेक्षाकृत रुपमा तेति घेरै आएको भने पाइएन । मेलामा विभिन्न आस्थाका संस्थासंग सम्वन्धीत नेपालीहरुले भेटघाटको वाहना वनेको थियो ।

नेपालमा पर्यटन प्रवधनको लागि जानकारी दिने उदेस्यले गरिएको सो मेलामा एकाध विदेशी नागरिक वाहेक अधिकासं वाक्लो नेपालीहरु कै उपस्थिती रहेको थियो । मेलामा वेल्जियममा रहेको प्रमुख राजनैतिक दल संग सम्वन्धित केही संसदहरुको उपस्थिती रहेको थियो । वेल्जियमका नागरिकहरुलाई खडक केसी र लिला शर्मा मानन्धरले स्थानिय भाषामा जानकारी दिदा उनिहरुले नेपाल मेला वारे जान्ने मौका पाएका थिए । मेलामा एन आर एन वेल्जियम का अध्यक्ष गंगाधर गौतम समेतले स्थानिय भाषामा सम्वोधन प्रयास गरे । भाषामा पोख्त नभएता पनि यो प्रयासले आउने दिनमा भाषाको महत्वलाई अझै उच्चता दिने छ ।
मेलाको आकर्षा नेपाली कला संस्कृति नृत्य झाकी नौमती वाजा रहेको थियो । जसले उपस्थित अधिकासंलाई मन्ाोरन्ज दिएको थियो । त्यस्नै नेपाली खाना मम रोटी नेवारी खाजा खानेहरुको भिडले खाना स्टल भरिएको थियो । यस लगायत नेपाली समानका स्टल हरु पनि राखिएको थियो । नेपाल वारे जानकारी दिन नेपाली दुतावासले समेत स्टल राखेको थियो ।

समग्र रुपमा नेपालीलाई लक्षित गरि यो मेला आयोजना गरिएको हा भने मेला पर्ुण्ा रुपमा सफल रहेको मान्नु पर्दछ । विदेशी नागरिकलाई नेपाल वारे चिनाउन मेलाको आयोजना गरेको हो भने अगाडीको मेला झै यो मेला पनि असफलको कडीमा रहयो भन्दा फरक नपर्ला । तर यदी भन्दैमा हामी आफनो कर्तव्य वाट पनि विमुख भने अवस्य हुन मिल्दैन । स्थानिय सग राम्रो घुलमिल गर्न नसक्नु । मेलाको वारेमा स्थनियको अभिरुचीलाई वढाउन नसक्नु यसको कम्जोरी हो । व्यवस्थापन र प्रावधिक रुपमा मेलामा निकै कमजोरी देखिएको थियो । यस्ता विषयलाई निराकरण गरी अगाडी वढेमा अगामी दिनमा नेपाल मेलाको उदेस्य अवस्य पर्ुण्ा हुने छ ।

अन्तमा मेलाको आर्थिक गतिविधीलाई छिटै पारदर्शी रुपमा देखाउनु पर्ने तर्फप्रमुख आयोजक अग्रसर हुनु आवश्यक छ । अन्यथा यसले विवाद ननिम्त्याउला भनि भन्न सकिन्न ।
nepalmela

 तपाईं हामीसंग एन्ड्रोइड एप का साथै फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Disclaimer : The idea of a free press is one that we hold in the highest regard. We believe in bringing our site visitors ,the widest possible array of information . We have great trust and respect for you . Among the material posted here for your consideration, there will doubtless be some that you find useless, and possibly offensive, but we believe you will be perceptive enough to realize that even the stories you disagree with some value in terms of promoting your own further self-definition and insight. Our site is a smorgasbord of material...take what you wish and click or scroll right past that which doesn't interest you.
Fair use Notice : Many of the stories in this site can be use as its efforts to advance the understanding of environmental issues and sustainability, human rights, economic and political democracy, and issues of social justice. We believe this constitutes a 'fair use' of the copyright material as provided by Copyright Law. If you wish to use such copyright material for purpose of your own that goes beyond 'fair use'...you must obtain permission from the copyright owner.
© 2018 namasteeurope.com :::फोटो तथा समाचार पठाउन  : info@namasteeurope.com