इतिहासलाई इतिहास बनाऊँ -प्रदीप नेपाल

   

pradip%20nepalनेपालको इतिहासमा चासो राख्ने विद्वान्सँग मेरो अनुरोध हो यो ।  विशेष गरेर इतिहासको अध्ययन, अनुसन्धान गरेर किंवदन्तीका रूपमा अलमलिइरहेको नेपालको इतिहासलाई वास्तविक इतिहास बनाउने कामतिर विद्वान्हरूको ध्यान जाओस् ।
यो एक्काइसौं शताब्दीमा पनि नेपालको इतिहास किंवदन्तीमै टिकिरहेको छ ।  स्वयं नेपाल नाम नै किंवदन्ती बनेको छ ।  )‘‘उपत्यकाको पानी सुकेपछि विष्णुमती र बागमतीको दोभानमा तपस्यारत ने मुनिले धर्माकरलाई राजा बनाए ।  त्यसैले ने मुनिका नामबाट यो देशको नाम नेपाल राखिएको हो । ’’ यो हामीले पढिरहेको कुरा हो ।  त्यसो भए त्यसभन्दा अघि यसको नाम के थियो ? कि नेपाल नाम राखिने कुनै अर्को वैज्ञानिक कारण थियो ? हामीले पढ्दा दोस्रो कारण बताइएको थियो– उपत्यकाका पाखाहरूमा भेडा पालन गरिन्थ्यो र चीन, तिब्बततिर ऊनका सामान बिक्री गर्न लगिन्थ्यो ।  त्यसैले चिनियाहरूले यो उपत्यकालाई उनीहरूको भाषामा नेपाल भनेका हुन् ।  चिनियाहरूको भाषामा नेपाल भनेको उनको देश हुन्छ रे ।  थोरै वैज्ञानिकजस्तो भए पनि रे भनेपछि त्यो पनि कथा नै भयो ।  आजभोलिका चिनियाहरू नेपाललाई निपोर भन्छन् ।  बाँकी मिलाउने जिम्मा भाषाविद्हरूको ।
अर्को कथा छ– चीनबाट आएका महामञ्जुश्रीले फूलचोकी र चन्द्रागिरीमा चोभारको गल्छी काटे ।  बागमती नदी मडारिँदै त्यहाँबाट बाहिरिन थालेपछि काठमाडौं दहका नागका राजा कर्कोटकले महामञ्जुश्रीसँग आफ्नो बासस्थानका लागि अनुरोध गरे ।  मञ्जुश्रीले टौदहमा गएर बस भनेपछि पानीको एउटा भङ्गालो त्यता लगियो आदि ।
यस्तो पनि इतिहास हुन्छ कतै ? काठमाडौं उपत्यका विशाल जलाशय थियो ।  यो विज्ञान प्रमाणित सत्य हो ।  त्यसको निकास चोभार नै भयो ।  किनभने चोभारको गल्छी सबैभन्दा होचो थियो ।  तर एकदिनमा कसैले काटेर चोभार उपत्यकाको जलाशयको निकास बनेको होइन ।  सयौं वर्षको पानीको कटानले त्यसलाई निकासयुक्त गल्छी बनायो ।  प्रमुख रूपमा शिवपुरीको जलाधार क्षेत्रबाट निस्किएका साना ठूला नदीहरू बागमती नदीमा मिसिएर चोभारबाट बाहिर निस्किए ।
उपत्यका विशाल जलाशय हुँदा पनि पाखापखेरामा मानव बस्ती थियो ।  पानी सुक्दै जाँदा ती बस्तीहरू पनि तलतल झर्दै गए ।  प्रामाणिक रूपमा अहिले भेटिएका पौराणिक बस्तीहरू थानकोट, बुढानीलकण्ठ, चम्पादेवी र साँखुतिर थिए होलान् ।  पानी सुक्दै गयो ।  बस्ती त्यहाँबाट पनि तल तल ओर्लिंदै गयो ।  नाग भनेको सर्पको हुल होइन ।  नाग एउटा जाति हो ।  चीनबाट आएकाहरूसँग लडाइँ चलेर हारेपछि त्यो चोभारको बाटो हुँदै दक्षिणतिर लागेको हुनसक्छ र उपत्यकाको फाँटमा मानव बस्ती बसेको हुन सक्छ ।  वरिपरि बस्ती बढेपछि किंवदन्ती पुरुष ने मुनिको चर्चा गर्न सकिन्छ ।  त्यो स्वभाविक पनि हुन सक्छ ।  तर ने मुनिलाई नै नेपालको आदिपिता भन्नु चाहिँ गलत हुन्छ ।
सीता र भृकुटीलाई नेपालको राष्ट्रिय विभूति मानिएको छ ।  तर सीताको बारेमा कुनै अनुसन्धानीय ज्ञान हामीसँग छैन ।  पहिलो त सुन वा चाँदी, जेको हलोले जोतेको भए पनि जमिनबाट बालिका जन्मिदैनन् ।  आजभन्दा तेत्तीस–चौँतीस सय वर्ष पहिले त्यस्तो पातिवत्र्य धर्मको अस्तित्व कुनै हिसाबबाट पनि स्वीकार गर्न सकिँदैन ।  यदि यो सत्य हो भने रामलाई नेपालीले ज्वाइँ भनेर पुजिरहनु पनि पर्दैन ।  उनका कारण हाम्री सीता माताले बाँचुञ्जेल आँसु झार्नुप¥यो ।  त्यसैले आजको सन्दर्भमा उनी महिला हिंसाका नकारात्मक पात्र पो मानिन्छन् ! हाम्री सीता मातालाई धरधरी रुवाउने र आत्महत्या गर्न बाध्य तुल्याउने काम गरेका छन् अयोध्याका राजा रामले ।  संस्कारबाट मुक्त हुने र विज्ञानसम्मत ढङ्गले सोच्ने हो भने हामी ‘रघुपति राघव राजा राम, पतित पावन सीताराम’ भन्नै सक्दैनौं ।
पौराणिक कालको इतिहासको अध्ययन अनुसन्धान गर्दा विज्ञहरूको ध्यान यतातिर जाओस् ।  चौँतीस सय वर्ष पुरानो इतिहासमा महिला दासी भएकी थिई ? पातिवत्र्य धर्मको इतिहास त्यति पुरानो हुन सक्छ ? के साँच्चै राम–रावण युद्ध भएको थियो ? तमिल विद्वान एवं मिथक अनुसन्धानकर्ता मक्कामला नागभूषणम्ले रामायणमा जस्तो प्रकृतिको चर्चा गरिएको छ, त्यो उत्तर भारतमा मात्र पाइन्छ भनेका छन् ।  तिनैले रामायण धेरै भाषामा लेखिएको छ र तिनका बीचमा चिताइ नसक्नुको भेद छ भनेका छन् ।  यहाँनेर नेपालका भौतिकवादी पुराणवाचक विद्धान बालकृष्ण पोखरेलको खस जातिको इतिहास पनि एकपल्ट कोट्याउनु पर्छ ।  पोखरेलका अनुसार रामायणको लडाइँ भारतीय उपमहाद्वीपमा भएकै थिएन ।
ऐतिहासिक कालखण्डको इतिहासका कतिपय पानाहरूमा पनि अहिलेसम्म अन्योल छ ।  सीताजस्तै भृकुटी पनि नेपालको राष्ट्रिय विभूति हुन् ।  भृकुटीलाई अंशुवर्माकी छोरी भनिएको छ ।  अंशुवर्माकी छोरी भएका कारण कैलाशकुट भवनको भव्यतामा भृकुटीको लालन पालन भयो ।  यस्ता महासामन्त अंशुवर्माकी छोरीको बिहे तिब्बती राजा स्रङ्चन ग्यम्पोसँग हुने कुरो उति पत्यारलाग्दो हुन सक्तैन ।  लिच्छविकालको त्यो सत्ता सङ्घर्षमा राजकुमार ध्रुवदेव सपरिवार तिब्बतमा शरण लिन पुगेका थिए ।  भृकुटी तिनकी छोरी हुन सक्छिन् ।  विवाहपूर्व नै तिब्बती जीवनशैली भोगेकी राजपुत्रीले स्रङ्चन ग्याम्पोसँग बिहे गर्ने कुरो बढी सान्दर्भिक हुन्छ ।  सीताभन्दा सजिलो गरी भृकुटीको इतिहास पत्ता लाग्न सक्छ इतिहासविद्ले विशेष ध्यान दिएर अध्ययन गर्ने हो भने ।
अझै बिजोकको कथा छ हामीसँग तीन सय वर्ष अघिको ।  नेपालका इतिहासकारले पृथ्वीनारायण शाहका पुर्खालाई महाराणा प्रतापको वंशज मान्दछन् ।  यो त ठाडो झुट हो ।  तर कसैलाई पत्याउन मन लाग्दैन ।  यही मन नलाग्ने रोगका कारण हामी सबै भ्रमको इतिहास पढिरहेका छौं ।
पृथ्वीनारायण शाहका पुर्खा नेपालका खाँट्टी मगर थिए ।  काठमाडौं पश्चिममा उतिबेला मगर राजकै बाहुल्य थियो ।  द्रव्य शाहले कुदेर लिगलिग कोट कब्जा गरे र उनले गोर्खाको खड्का राजालाई पराजित गरेर गोर्खा कब्जा गरेका थिए ।  राम शाहकी रानी मगर पुत्री थिइन् र आफ्ना असल कामका कारण उनी मनकामना माइ भएकी हुन् ।  मनकामना मन्दिरको पुजारी मगर जातको हुन्छ भन्ने धेरैलाई थाहा छ ।  स्वयं पृथ्वीनारायण शाहको पहिलो बिहे मगर राजा हेमकर्ण सेनकी छोरीसँग भएको थियो ।  राजा हुन क्षत्रीय हुनुपर्छ भन्ने ज्योतिष ब्राह्मणका कारण उनले बनारसमा गएर गोत्र परिवर्तन गरी काँधमा जनै पहिरिएका थिए र त्यतैकी राजपुत कन्यासँग बिहे गरेका थिए ।
पृथ्वीनारायण शाहलाई किंवदन्ती पुरुष बनाउने कोसिस अन्त पनि गरिएको छ ।  गुरु गोरखनाथको छाद खान नमानेर खुट्टामा झरेको सन्दर्भ किंवदन्ती मात्र हो ।  ‘छाद खाएको भए चिताएको पुग्थ्यो, खुट्टामा परेको हुनाले जित्नका लागि तैँले त्यो भूमिमा टेक्नैपर्छ’ भन्ने आशीर्वादले पृथ्वीनारायण शाहको पौरखको गीत गाउँदैन ।  पृथ्वीनारायण शूरा मात्र थिएनन् ।  उनी दूरदर्शी पनि थिए भन्ने उदाहरण उनको जीवनको अध्ययन गर्दा सहजै बुझ्न सकिन्छ ।  देशभित्रको सन्दर्भमा उनले भनेका ‘प्रजा सुखी भया दरबार बलियो हुन्छ’ र सीमा बाहिरको सन्दर्भमा ‘दक्खिनको वादशाह महाचत्तुर छ’ भनी दिएको अर्तिले उनको दूरदर्शितालाई प्रस्ट पार्छ ।  
अज्ञानी भनौं कि बाठा पश्चिमी ज्ञान प्राप्त आधा दर्जन डा. साहेबहरूले नेपालको इतिहासलाई यतिबेला झनै भद्रगोल बनाएका छन् ।  नेपालका आदिबासी खस जातिका मानिस हुन् ।  झण्डै छ हजार वर्ष अघि तिनीहरू ककेससबाट पूर्वतिर लागे ।  सिधै आउँदा उनीहरू मानसरोबर आइपुगे ।  मानसरोबरबाट दक्षिण लागेका कसहरू, खस भएर जुम्लाबासी भए ।  खसको जात थिएन ।  खसहरू बोन धर्मका नजिक थिए ।  ईश्वर तिनीहरूका लागि निराकार थियो ।  उनीहरू जुम्लाबाट विभिन्न दिशातिर पैmलिए ।  बिस्तारै उनीहरू बाहुन, क्षेत्रीमा विभाजित हुँदै गए ।  कालान्तरमा उनीहरू दलित पनि भए ।  त्यसैले खस जातिका बाहुन क्षेत्री र दलितहरूको थर मिलेको हो ।  जुम्लाबाट ओरालो लागेका बाहुन क्षेत्रीहरू उनीहरूभन्दा तीन हजार वर्षपछि नेपाल पसेको कान्यकुब्जी ब्राह्मण संस्कृतिप्रति झ्याम्मिदै गए ।  खसहरूको यही गल्तीका कारण यतिबेला उनीहरू ‘अन्य’ भएका छन् भने उनीहरूभन्दा चार हजार वर्षपछि नेपाल आएकाहरू आदिवासी भएका छन् ।
ती खसहरूको वर्तमान परिचय के हो ? तिनीहरू मस्टो पूजक हुन्छन् ।  मस्टो पूजन निराकार हुन्छ ।  तिनीहरू कुलपूजा गर्छन् ।  कुलपूजामा कुनै देवदेवी हुँदैनन् ।  कुलपूजामा हुन्छन् लोहोरो आकारका केही ढुङ्गाहरू ।  आजको राजनीतिक विश्लेषणमा अन्य बनाइएका खसहरू चिनारी अहिले यही मस्टो र कुलपूजामा बेरिएको छ ।  

 तपाईं हामीसंग एन्ड्रोइड एप का साथै फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Disclaimer : The idea of a free press is one that we hold in the highest regard. We believe in bringing our site visitors ,the widest possible array of information . We have great trust and respect for you . Among the material posted here for your consideration, there will doubtless be some that you find useless, and possibly offensive, but we believe you will be perceptive enough to realize that even the stories you disagree with some value in terms of promoting your own further self-definition and insight. Our site is a smorgasbord of material...take what you wish and click or scroll right past that which doesn't interest you.
Fair use Notice : Many of the stories in this site can be use as its efforts to advance the understanding of environmental issues and sustainability, human rights, economic and political democracy, and issues of social justice. We believe this constitutes a 'fair use' of the copyright material as provided by Copyright Law. If you wish to use such copyright material for purpose of your own that goes beyond 'fair use'...you must obtain permission from the copyright owner.
© 2018 namasteeurope.com :::फोटो तथा समाचार पठाउन  : info@namasteeurope.com