म्यासेचुसेट्स राज्यका डेमोक्रेटिक सिनेटर जोन केरी तथा कोलोराडो राज्यका रिपब्लिकन सिनेटर रिर्चड लुगार मिलेर संयुक्तरुपमा गएको बुधवार अमेरिकी सिनेटमा स्टार्ट अप भिसा विधेयक-२०१० नामक भिसासम्वन्धी नयाा विधेयक दर्ता गरिएकोछ । यो विधेयक पास भएर कानुन बनेमा यसले अमेरिकामा नयाा व्यापार-व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई यहाा बस्नका लागि भिसा पाउन सजिलो हुने छ ।
विधेयकका अनुसार, उक्त स्टार्ट अप भिसा पाउन चाहने व्यापारीहरुले एकलाख अमेरिकामा कमाएको रकम जम्मा गरी जम्मा दुई लाख पचास हजार बराबरको सम्पत्ति देखाएमा दुई वर्षको भिसा पाउने छन् । दुई वर्षपछि यदि उनीहरुले थप लगानी गरेर ५ जनालाई रोजगारी दिलाउन सकेमा वा दसलाख -एक मिलियन) डलर सम्पत्ति पुराउन सकेमा वा दसलाख नाफा कमाउन सकेमा इवी-६ भनिने कार्यक्रम अन्तर्गत उनीहरुलाई सोझै गि्रनकार्ड दिइनेछ । अमेरिकामा रोजगारीको अवसर नभइरहेका अवस्थामा यस्तो विधेयकले नयाा रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुराउने यस विधेयकका समर्थकहरुको दाबी छ । तर, विपक्षीहरुले भने यस्तो कानुनको फाइदा उठाई थुप्रै मानिसहरुले अमेरिकाको गि्रनकार्ड प्राप्त गर्ने भन्दै आशंका व्यक्त गरेका छन् ।
अमेरिकी संसदमा प्रस्तुत यो विधेयकलाई यहााका लगानीकर्ताहरुले स्वागत गरेका छन् । अमेरिकी संसदमा आप्रवाससम्वन्धी कानुन नै अड्किरहेको सन्र्दभमा यो विधेयक पास होला नहोला अहिल्यै भन्न सकिन्न । त्यसो त अमेरिकी संसदमा प्रस्तुत विधेयकहरु मध्ये ४ प्रतिशत मात्रै पास भएर कानुन बन्ने गरेका छन् ।