अभिनेत्री मनिषा कोइरालाको बैवाहिक कार्यक्रम हुँदै, गोकर्ण रिसोर्टमा आफन्त र शुभेच्छुकको जमघट

[ 18th of June ]

upadte :चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला र यूवा व्यबसायी सम्राट दाहाल बिवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको गोकर्णस्थित रिसोर्टमा कोइराला र दाहालबीचको बैबाहिक कार्यक्रम जारी छ। बैबाहिक समारोहमा सहभागी हुन कोइराला र दाहालका आफन्त तथा नातेदारको घुइँचो लागेको छ।
-------------------

भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध नायिका एवं नेपाली चेली मनिषा कोइराला व्यापारी सम्राट दाहालसँग आज विवाह बन्धनमा बाँधिने भएकी छन् । त्यसका लागि काठमाडौको जोरपाटीस्थित गोकर्ण रेसोर्टलाई विशेष कार्यक्रम आयोजना गरिनेछ।

जननायक स्वर्गीय विपी कोइरालाकी नातिनी एवम् नेता प्रकाश कोइरालाकी सुपुत्री नायिका कोइरालाको आज अपरान्ह स्वयम्वरको कार्यक्रम रहेको छ भने प्रीतिभोज होटल सोल्टीमा आइतबार हुने कुरा नेता कोइरालाले बताएका छन् ।

हिन्दु परम्परा अनुसार हुने उक्त विवाहमा भारतीय चलचित्रका निर्देशक एवम् कलाकारहरू र ठुलो संख्यामा आफ्ना नातेदार र विभिन्न प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने छ ।

विवाहमा भारतीय चलचित्रका निर्देशकहरू सुवास घई र विक्रम चोपडा आउनु हुनेछ भने दीप्ती नोवल, रानी मुखर्जी, तब्बु, उर्मिला मातोडकर, पूजा भट्ट, जैकी श्रप र गोविन्दा लगायतका कलाकारहरू सहभागी हुनु हुनेछ ।

यसैगरी, राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न राजनीतिक दलका नेताहरूका साथै नेपाली चलचित्रका कलाकार, साहित्यकार, पत्रकार बुद्धिजीवि समाजसेवी लगायतका महानुभावको उपस्थिति हुने बुझिएको छ ।

विवाहमा पूर्वराजा, रानी र युवराज क्रमशस् ज्ञानेन्द्र, कोमल र पारस शाह पनि उपस्थित हुनुहुने बताइएको छ ।

नेपाली चलचित्र फेरि भेटौलाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका कोइरालाले सुवास घईको निर्देशनमा बनेको चलचित्र सौदागरको सफल अभिनय पछि १९४२ ए लव स्टोरी, खामोसी, बम्बे, दिलसे, अग्नीसाक्षी, लज्जा, तालिवान, मन, लालवादसाह लगायत धेरै भारतीय चलचित्रमा आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेर प्रसिद्धि पाउन सफल हुनुभएको थियो ।
यसैगरी उहाँले पैसा असुल नामक चलचित्र पनि निर्माण गर्नुभएको थियो ।

हजुर आमा सुशिला कोइरालाबाट भारत नाट्यम् मनिपुरी डान्स सिक्नुभएकी नायिका कोइरालाले नेपाली, हिन्दी , तामिल, मलायालम र वंगाली भाषाको चलचित्रमा पनि आफ्नो सफल भूमिका प्रस्तुत गर्नुभएको थियो ।

उहाँले भारतीय चलचित्रका प्रसिद्ध कलाकार दिलिप कुमार, राजकुमार, रजनीकान्त, अमिताभ वच्चन, कमल हसन, अमिर खान, नाना पाटेकर, साहरूख खान, अनिल कपुर र जैकी श्रप लगायतका कलाकारसँग अभिनय गरिसक्नुभएको छ ।

नायिका कोइराला संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सद्भावना राजदूत रहनु भएको थियो ।


Send To Friend | Printer Friendly Version | Comments: 0