अमेरिकी विदेशमन्त्री हिलारीद्वारा नेपाली युवा पुरस्कृत

[ 11th of September ]

नेपालले लगातार दोस्रो पटक अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टको डेमोक्रेसी भिडियो च्याञ्लेन्जको अवार्ड जितेको छ । अमेरिकी विदेशमन्त्री हिलारी रोदम क्लिन्टनद्धारा एक समारोहका बीच सन २०१० को डेमोक्रेसी भिडियो च्याञ्लेन्जका ६ विजेता मध्येका एक नेपाली युवा अनप पौडेललाई प्रदान गरेका छन् । विदेश मन्त्री क्लिन्टनलाई उदृत गर्दै अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले दिएको जानकारी अनसार आफनो सम्बोधनमा हिलारी बिशेषरुपमा नेपालको प्रसंग उल्लेख गर्दै विश्वकै सुन्दर देश भनेकी थिईन् ।

यसअघि सन २००९ मा नेपालले सो अवार्ड जितेको थियो । पौडेलको 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र दक्षिण र मध्य एसिया क्षेत्रबाट पुरस्कृत भएको हो । स्टेट डिपार्टमेन्टको सो अवार्डका लागि विश्वका ८९ देशका सात सयले प्रतिस्पर्धा गरेका थिए । जसबाट उन्नाइस जनालाई फाईनलिस्टमा सुचीकृत गर्दै ६ जनालाई पुरुस्कृत गरिएको थियो ।

वासिङ्टन डिसी स्थित स्टेट डिर्पाटमेन्टमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा पौडेलका अतिरिक्त पुर्वी एसियाबाट इण्डोनेसिया, युरोपबाट स्पेन, पश्चिम एसियाबाट इरान, अफ्रिकाबाट इथोपिया एवं दक्षिण अमेरिकाबाट कोलम्बियालाई विदेश विदेशमन्त्री क्लिन्टनले अवार्ड प्रदान गरेकी थिईन् । छ देशकै राजदुतलाई आमन्त्रित गरिएको कार्यक्रममा विजेताहरुको सम्मानमा स्टेट डिपार्टमेन्टले रिसेप्सनको आयोजना गरेको थियो ।

अन्तरराष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी सन २००८ को सेप्टेम्बर १५ मा स्थापना गरिएको डेमोक्रेसी भिडियो च्याञ्लेन्जको विजेता अनलाईन भोटिङबाट छनोट गरिन्छ । विजेतालाई १४ दिनको अमेरिका भ्रमण व्यवस्था गरिएको छ । वासिङ्टन डिसी, न्यूयोर्क सिटी र लसएन्जलसको भ्रमण हुने क्रममा विजेताहरुको पुरस्कृत भिडियोलाई टेलिभिजन, फिल्म निर्मातालगायतका विभिन्न व्यक्तिहरु माझ प्रस्तृत गरिने कार्यक्रम रहेको छ ।


Send To Friend | Printer Friendly Version | Comments: 0