एनआरएन सम्बन्धमा राप्रपा नेपाल प्रवासी संगठनको ध्यानाकर्षा

[ 20th of April ]

आगामी जुन महिनामा हुन गैरहेको गैर आवासीय नेपाली संघ बेल्जियमको 'अधिवेशन'लाई केन्द्रित गरी प्रारम्भ गरिएको सदस्यता वितरण प्रणाली र विकसित परिस्थित्रि्रति राप्रपा नेपाल प्रवासी संगठन ध्यानाकर्षा गराउन चाहन्छ ।
मूलतः एनआरएनलाई सामाजिक मर्मअनुरुप यसको मौलिकतामा अगाडी बढाइनु पर्दछ भन्ने हाम्रो मूल मान्यता हो । तथापी बेल्जियमको सर्न्दर्भमा एनआरएनहरु राष्ट्रिय सरोकार राख्ने राजनैतिक दलहरुसंगको निकटता, आस्था र राष्ट्रिय चिन्तनका सिंगो मान्यताभित्र कुनै विचारसंग
नजीक र सक्रिय भएका कारण पनि एनआरएनमा राजनैतिक दलीय सहभागिता होइन राजनीतिभित्रको सामाजिक विचारलाई पनि उपस्थित गराइनर्ुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । हामी एनआरएनमा दलीय भागवण्डाको गुंजायस पनि राख्दैनौ र यो पनि स्मरण गराउन चाहन्छौ कि एनआरएनको उत्थान र सहजताको लागि बाहिर बसेरै पनि यसको पक्षमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछौं । किनकी एनआरएनलाई सामाजिक एकताको मंचको रुपमा हामीले लिएका छौं नकी प्रतिस्पर्धाको मैदान ।!
तर बिडम्बना ! एनआरएनलाई प्रतिस्पर्धाको मैदान बनाएर एनआरएनलाई हराउने अभ्यास गरिदै छ यो खेदजनक छ । यहाँ सहमति भनेर कुटनैतिक चालवाजी चाल्ने, सामाजिक भनेर राजनैतिक एजेण्डा तर्ेसाउने मात्रै होइन सदस्यता वितरण जस्तो सम्वेदनशील प्रकृयालाई अत्यन्तै जटील, व्यक्तिकेन्द्रित र दलीय वर्चश्वका लागि प्रयोग भैरहेको आभाष आम एनआरएनहरुले गर्न थालेका छन । ज्ञात रहोस कुनै पनि बहानामा कोही पनि सदस्यताबाट बँचित हुन नपरोस र दलीय स्वार्थका लािग अधिकारकाृ दुरुपयोग पनि नहोस् ,यसमा हामी सम्बन्धित सरोकारवालालाई सचेत गराउन चाहन्छौं । अर्को सवाल एनआरएन व्यक्तिमुुखी होइन समाजमुखी हुन जरुरी छ । के संस्थाले फाराम कपी उपलब्ध गराउन सक्दैन - व्यक्तिका कोठा होइन सामूहिक पुुुुुुहुँचका स्थानमा सर्म्पर्क गर्न सकिदैन - के सदस्य हुन संगठित संगठनको बाटो हिडन जरुरी छ - के प्रकृयामा सरलीकरण सम्भव छैन - के सदस्यता वितरणलाई व्यक्तिकेन्द्री बनाउनु जरुरी छ- कम्तीमा पनि इच्छाएको व्यक्तिले सर्म्पर्क स्थल- व्यक्ति होइन) बाट फाराम लिई त्यहीं भरी बुझाउने व्यवस्था गर्न सकिदैन- एउटा फोटो फारममा समावेश गरे पुग्दैन - व्यक्तिगत विवरण अहिले भरी त्यसलाई प्रमाणित गर्ने कागजात पछि पेश गर्दा के व्रि्रन्छ - एनआरएनको साधनस्रोत के का लागि -अपेक्षा गरौं यसमा सरोकारवालाको ध्यान जानेछ । र सहजीकरणको वाटोमै लैजान सदस्यताको समयसीमा पनि बढाइनु जरुरी छ ।
हामी पर्ूण्ातयाः समाज, सामाजिक र एनआरएन यी मान्यतालाई आत्मासात गर्दै सहमतिको पक्षमा छौं किनकी बेल्जियमको बस्तुनिष्ठ कठिनाईलाई मध्यनजर गर्दै। तर पनि संगठनका प्रजातान्त्रिक मान्यताहरुमा पनि हाम्रो विश्वास छ र कथंकदाचित निर्वाचनमा जाने परिस्थिति निर्माण भएमा केन्द्रीकृत नभै कम्तीमा पनि सवै क्षेत्र समेटिने गरी ४ क्षेत्रमा निर्वाचन गरिनु पर्दछ जुन नयाँ थालनी मात्र होइन प्रणालीको नयाँ शन्देस पनि हुनेछ ।

दीपेन्द्र के.सी., महासचिव

Send To Friend | Printer Friendly Version | Comments: 3