माओवादी सभासदकी छोरी पेस्तोलसहित पक्राउ

[ 22nd of July ]

माओवादी सभासदकी छोरी पेस्तोलसहित पक्राउ परेकी छन् । माओवादी सभासद विश्वदीप लिङदेनको झापा जान लागेकी १४ वर्षीया छोरी साजना बिहीबार विमानस्थलमा प्रहरीले चेकजाँच गर्दा पेस्तोलसहित पक्राउ परेकी हुन् ।। दिउँसो ४ बुद्ध एयरको उडानबाट जान लागेकी उनको 'ह्यान्ड ब्याग' स्क्यान गर्ने क्रममा पेस्तोल सो पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामद भएको हो ।

उनलाई अनुसन्धानका लागि हनुमानढोकास्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ । उनले आफूलाई तीनकुनेस्थित मामाघरमा रहेका एक नातेदारले ट्याक्सीमा राखेर पठाएको बताउँदै हतियारबारे केही थाहा नभएको बयान दिएकी छन् ।

पक्राउ गरिँदा उनले आफ्नो बुबा नेपाल प्रहरीको वरिष्ठ अधिकृत भएको बताएकी थिइन् । 'को हो ? नाम बताऊ' भन्दा अक्मकिएकी थिइन् । बाबुछोरी सँगै जान लागेका थिए । छोरीको अघिअघि रहेका सभासदले छोरी पक्राउमा परेपछि पछाडि फर्किंदै आफू सभासद भएको जानकारी गराएका थिए ।

प्रहरीले सभासद लोगो लिङदेनको कोटमा देखेपछि नाम र पार्टीबारे सोधेको थियो । सभासद लिङदेनले भने घटना हावादारी भएको भन्दै बोल्न चाहेनन् ।

माओवादी सभासद लिङदेन झापा निर्वाचन क्षेत्र नम्बर ७ बाट एमाले वरिष्ठ नेता केपी ओलीलाई हराएका सभासद हुन् ।

Send To Friend | Printer Friendly Version | Comments: 0