यस्तो छ माओवादीको कार्यविभाजन, आजै टुंगो लगाइने

[ 24th of July ]

माओवादीको आइतबार बस्ने केन्द्रीय समिति बैठकबाट शान्ति र संविधानको कार्ययोजनासहित कार्य विभाजन टुंगो लाग्ने भएको छ ।

लामो समयपछि शनिबार बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको कार्य विभाजन प्रस्तावलाई उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले समर्थन गरेपछि सबै विषयको टुंगो लागेको हो ।

यसअघि कार्य विभाजनको कुरो नमिल्दा केन्द्रीय समितिको बैठक पटक-पटक स्थगीत हुँदै आएको थियो । अध्यक्ष दाहालले शनिबार पेश गरेको प्रस्तावमा उपाध्यक्ष भट्टराईलाई संसदीय विभाग प्रमुख, प्रधानमन्त्रीको उम्मेदवार तथा बैद्यलाई संगठन तथा अनुशासन विभाग प्रमुख र श्रेष्ठलाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व त्यस्तै सैन्य विभाग प्रमुखमा माओवादी महासचिव रामबहादुर थापालाई प्रस्तवा गरेका छन् ।

यसैगरी सचिव सिपी गजुरेललाई बाहिरी मोर्चा प्रमुख र पोष्टबहादुर बोगटीलाई वार्ता सम्बन्धी जिम्मा दिने प्रस्ताव गरेको छ । बैठकले मन्त्री परिषद्मा पठाउने नयाँ अनुहार पनि टुंगो लगाउने छ ।

त्यसैगरी आजै बस्ने बैठकमा लडाकु समायोजनको माडालिटी, नयाँ संविधानमा सहमति जुटन बाँकी मुद्दामा पनि पार्टीको बटम लाइन तय गर्ने बताइएको छ ।

दाहालको प्रस्तावित कार्यविभाजन

पुष्पकमल दाहाल - पार्टी अध्यक्ष तथा संसदीय दलका नेता

बाबुराम भट्टराई- संसदीय विभाग प्रमुख तथा प्रधानमन्त्रीको उम्मेदवार

मोहन बैद्य- संगठन तथा अनुशासन विभाग प्रमुख

नारायणकाजी श्रेष्ठ- पार्टीको तर्फबाट सरकारमा नेतृत्व

रामबहादुर थापा- सैन्य विभाग प्रमुख

सीपी गजुरेल- बहिरी मोर्चा प्रमुख

पोष्टबहादुर बोगटी- वार्ता टोली प्रमुख


Send To Friend | Printer Friendly Version | Comments: 0