सामाखुसीमा रहेको प्यासेफिक म्यानपावरमा हतियार देखाएर जबर्जस्ती रकम माग गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पेस्तोल देखाएर रकम माग गरेको जानकारीको आधारमा खोजीमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुकबहादुर तामाङ र रुपिन्द्र केसीलाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार स्याङजा सिर्सिकोट घर भई हाल धापासी बस्दै आएका २५ वर्षीय गुरुङ र धापासीकै २३ वर्षीय केसीले हतियार देखाएर सो म्यानपावरमा गएर रकम माग गरेका थिए।
दुई युवकले म्यानपावरमा आएर हतियार देखाई जबर्जस्ती रकम माग गरिरहेको सूचना आए लगत्तै महाशाखाका प्रहरी परिचालित भई दुबै जनालाई हतियारसहित पक्राउ गरेको थियो।
महाशाखा अधिकारीका अनुसार पक्राउ अभियुक्त तामाङ र राईलाई फिरौती रकम माग गरेको अभियोग लगाई हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।