अन्तराष्ट्रिय श्रमिक महिला दिवस र प्रवासी महिला

[ 1st of March ]

अन्तराष्ट्रिय श्रमिक महिला दिवस र प्रवासी महिला
अन्तराष्ट्रिय श्रमिक महिला दिवस, अर्थात् ८ मार्चको सर्न्दर्भमा बिश्वका तमाम् श्रमजीवि महिलाहरुले विगतमा जस्तै यस वर्षपनि संसारभरि "श्रमिक महिला दिवसको" रुपमा विभिन्न कार्यक्रमहरु गरी महिलाको महान संर्घष्ाशील इतिहासहरुलाई पक्रने र त्यसबाट शिक्षा लिदैं वर्तमान परिस्थितिमा आफ्ना सबै प्रकारले कुण्ठित् अधिकारहरु प्राप्तिको लागी फेरि संर्घष्ामा जाने योजनाहरु बनाउदै छन् भने समाजका केहि महिलाहरुले यसलाई महिला अधिकार प्राप्तिको उल्लासको रुपमा "नारी दिवसको" उपमा दिदैं विगतको गौरबमय श्रमजिवी समाजबादी महिलाहरुको संर्घष्ाहरुलाई गोलमाल पार्दै मनोरञ्जनको रुपमा मनाउदै आईरहेका छन् । यसै सर्न्दर्भमा प्रवासीभुमिमा आफ्नो जिवीकाको लागी श्रम गरी रहनुभएका बेल्जियम बासी श्रमजिवी प्रगतिशील नेपाली महिलाहरुले पनि संगठित रुपमा ८मार्च कै भावमा प्रवासी प्रतिकुलतालाई अनुकुलतामा बदल्दै ११ मार्चमा श्रमिक महिला दिवसको कार्यक्रम गरी मनाउदै छन भन्ने सुव खबरले प्रबासी श्रमजिवी महिलाहरुमा खुसिको लहर छाएको छ । यस सम्बन्धमा हामी श्रमजिवी महिलाहरुले नारी दिवस र श्रमिक महिला दिवसको अन्तरको सार र उत्भवको बारेमा बुझनु आबश्यक देखिएकोले थोरै प्रष्टयाउन खोजिएको छु ।

श्रमिक महिला दिवसको सुरुवात कसरी हुन गयो भन्ने सम्बन्धमा प्राय सबै श्रमजिवी महिलाहरुको प्रिय नाम तथा जर्मन समाजबादी मजदुर महिला नेतृ जसलाई समाजबादको विचार आबलम्बन गरेकै आधारमा तत्कालिन फासिष्ट सत्ता विस्मार्कद्धार समाजबाद बिरोधि कानुन बनाई कालो कानुनको साहारमा गरिएको दमनले देशमा बस्नै नसक्ने भई प्रवासिन बाध्य भर्ैइ प्रवासमै जिवन गुमाउनु भएकी समाजबादी महिला मजदुर नेतृ क्लारा जेट्कीनले महान श्रमिक महिलाहरुले आफ्नो हक अधिकारको लागी विश्वका धेरै देशहरुमा गरेको ८ मार्चको गौरबमय संर्घष्ाहरु अरु दिनको भन्दा साहसिक, उच्च वलिदानीपर्ूण्ा र उपलब्धिपर्ूण्ा पनि रहेकोले सन् १९१०मा डेनमार्कको कोपनहेगनमा भएको समाजबादीहरुको दोश्रो अन्तराष्ट्रिय सम्मेलनमा ८ मार्चलाई श्रमिक महिलाहरुको दिवसको रुपमा संसार भरी मनाउने प्रस्ताब गरी सो प्रस्ताब पारित भए पश्चात् समाजबादी महिलाहरुले प्राप्त अधिकारको रक्षा र थप अधिकारको लागी संर्घष्ालाई अघि बढाउने दिनको रुपमा ८ मार्चलाई "अन्तराष्ट्रिय श्रमिक महिला दिवसको" रुपमा मनाउन सुरु भएको हो । क्लारा जेट्किनले किन ८ मार्चलाई नै श्रमिक महिला दिवसको रुपमा रोज्नुभयो त भन्ने सवालमा, एउटी श्रमिक महिला क्लारा जेट्किन जसले मजदुर आन्दोलनको थुप्रै मैदानमा मजदुर हक अधिकारको लागी संर्घष्ा गर्दै महिलाहरुलाई आर्थिक रुपमा सवल भई आत्मनिर्भर हुनको लागी कारखानामा पुग्नु पर्छ र महिलाहरुले मजदुर आन्दोलनमा अनिवार्य भाग लिनै पर्दछ अनिमात्र समाजबादले फड्को मार्न सक्छ भन्ने समाजबादी नेता कार्ल मार्क्सको धारणासँग एकाकार गर्दै संर्घष्ा बिना कुनै अधिकारको उपलब्धि नहुने ठोकुवाको साथ उनले जर्मन र देश बाहिरका मजदुरहरुलाई विभिन्न माध्यमबाट सर्म्पर्क गरी ट्रेड युनियनमा आबद्ध गर्राई आफ्नो अधिकारको लागी युनियन मार्फ संर्घष्ा गर्ने काममा दिलोज्यानले लागी परेको थियो । प्रवासमा रहदाको अबस्थामा रुस, पेरिस वा अमेरिकामा पनि समाजबादी महिलाहरुको थुप्रै मजदुर आन्दोलनहरुमा भौतिक रुपमा सहभागी भएको थियो । उनी आफु श्रमिक हक अधिकारको लागी संर्घष्ाको पक्षपाति भएकै कारणले विश्वमा हुने सबै प्रकारको संर्घष्ा जसले इतिहासमा उल्लेखनिय उपलब्धि तथा वलिदानी पर्ूण्ा रहृयो त्यसको सम्मान र रक्षा गर्दै थप उपलब्धिको लागी विश्वभरिकै श्रमिक महिला मजदुरहरुले प्रेरणाको लागी शिक्षा लिन समेत सकिने महिला मजदुरहरुको संर्घष्ाको दिनलाई अन्तराष्ट्रिय रुपमै दिवसको रुपमा मनाउन ८ मार्चलाई प्रस्ताब गर्नुभएको हो । क्लारा जेट्किन समेतको सहभागीतामा सन् १९०८को ८ मार्चमा अमेरिकाको न्युयोर्कमा स्थित् सियो कारखनामा काम गर्ने समाजबादी महिला मजदुरहरुले आफ्नो कामको समय छोट्याउन र समान कामको समान ज्याला पाउनको लागी गरेको उच्च किसिमको वलिदानिपर्ूण्ा संर्घष्ाले प्राप्त उपलब्धि र अमेरिकामै १९०९को ८मार्चमा महिलाहरुको मताधिकारको मागलाई निरन्तरको संर्घष्ाद्धार उपलब्धि गर्न सफल रहेकोले अमेरिकी समाजबादी महिलाहरुको जुझारुपनलाई र्समर्पन गर्दै समानअधिकारका लागी सबै महिलाहरुले सबै देशमा आन्दोलन गर्नुपर्छ र अन्तमा समाजबादीहरुको श्रमिक महिला आन्दोलनले र्सवहारा बर्गको मुक्ति आन्दोलनलाई नै टेवा पुग्दछ र समाजबादको स्थापनामा महत्वपर्ूण्ा स्थान राख्दछ भन्ने मुल्य र मान्यताका साथ ८मार्चका दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्लारा जेट्किनको प्रस्ताबलाई अन्तराष्ट्रिय समाजबादीहरुको १९१०को कोपनहेगन सम्मेलनले पारित गरेको हो ।

कोपनहेगनको दोश्रो समाजवादी अन्तराष्ट्रियको सम्मेलन पछि सन १९११ देखि लगातार विश्वको विभिन्न मुलुकहरुमा समाजबादी श्रमिक महिलाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा ८मार्चलाई मनाउदै आई रहेको छ । संसारभरीका श्रमिक महिलाहरुले अधिकारको लागी गरेको निरन्तर संर्घष्ालाई पुँजिबादीहरुले समेत रोक्न नसकी सन १९६७मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई महिला अधिकार र शान्ति दिवसको रुपमा मान्यता दिएको हो । तर पुँजिबादलाई टेवा पुर्‍याउने महिलाहरुले भने श्रमिक महिलाको संर्घष्ालाई अबमुल्यन गर्दै उनीहरुले मनोरञ्जनका लागी नारी अधिकारको र शान्तिको रुपमा नारी दिवस मनाउन थालेको वितिदै छ । यसले समाजबादी श्रमिक महिलाहरुको विश्व र्सवहारा आन्दोलनलाई भ्रमपर्ुण्ा बनाई पुँजिबादी तथा साम्रज्यबादीहरुले आफ्नो स्वार्थमा महिलाहरुलाई अलमल्याउई राख्न र सबै अधिकार प्राप्त भई सक्यो भन्ने भ्रम र्छन केहि हद सम्मा मद्यत गरेको छ । नेपालको सर्न्दर्भमा २०४६ पर्ूव पञ्चायतका आसेपासेहरुले मात्र नारी दिवसको रुपमा ८ मार्चलाई भोजभतेर सहितको कार्यक्रम गरी मनोरञ्जनको रुपमा मनाउथ्यो भने वास्तविक श्रमिक महिलाहरुलाई मनाउने कानुनी बैधानिक अवसर थिएन तैपनि समाजबादी प्रगतिशील महिलाहरुले गोप्य रुपमा अन्तराष्ट्रियश्रमिक महिला दिवसकै रुपमा मनाउदै आईरहेको थियो । २०४६को जनआन्दोलन पश्चात् ८ मार्चले कानुनी बैधानिकता पाएपनि महिलाहरुलाई र्सार्वजनिक विदा दिएको थिएन । अहिले दश वर्षो नेपाली जनयुद्धमा नेपाली श्रमिक उत्पिडित महिलाहरुको उच्च बलिदानीपर्ूण्ा क्रान्ति र १९ दिने जनआन्दोलनबाट परिवर्तित् अन्तरिम राज्यब्यबस्थाले भने ८मार्चमा महिलाहरुलाई विदा दिने र समाबेसी समानुपातिकताको थोरै उपलब्धिलाई अन्तरिम संविधानमा लिपिबद्ध भएको बिध्यमान स्थितिछ । श्रमिक महिलाहरुले समय र परिस्थिति अनुसार संर्घष्ाका नारा र मागहरु परिवर्तन र परिमार्जन गर्दै अहिले २१सौं शताब्दिमा नेपालको सर्न्दर्भमा लिंगीय विभेद प्रमुख बन्दै गएको छ ।

प्रवासी श्रमिक महिलाहरुको आफ्नै जटिलताहरुको बावजुद् बेल्जियमका समाजबादी प्रगतिशील नेपाली महिलाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनु आफैमा गौरबपर्ुण्ा हुनको साथै समाज र आफ्नो वर्गप्रतिको प्रगाढ माया र स्नेह सहित नेपाली समाज रुपान्तरणको वर्तमान क्रान्तिकारी कार्यदिशालाई पक्रन मद्यत मिल्ने नै छ । विश्वका श्रमिक महिलाहरुकै ठुल ठुला संर्घष्ाहरुले गर्दा महिलाहरुले अभुतपर्ुव सफलताहरु प्राप्त गरेको इतिहासलाई पाठको रुपमा लिई नेपाली महिलाहरुको पर्ुण्ा अधिकारको लागी नेपाली भूमिमा चलिरहेको वर्गसंर्घष्ालाई नौलोजनबाद हुदैं समाजबादमा रुपान्तरण नहुंदा सम्मा प्रवासबाट गर्न सक्ने सहयोग नै यस दिवसको उपलब्धिको रुपमा लिन सकिन्छ । जसरी समाजबादी प्रनेता कार्ल मार्क्सले महिलाहरुलाई घरबाट कारखाना पुर्‍याउन र कारखानामा अधिकारको लागी संर्घष्ा गर्न सिकायो र सम्पर्ुण्ा श्रमिक महिला तथा र्सवहारा वर्गको मुत्तिको लागी समाजबादी राज्य सत्ताको स्थापनार्थ श्रमिक महिलाहरुलाई वर्गसंर्घष्ासँग जाड्दै निश्चित् उद्येश्य सहित गरेका निरन्तर आन्दोलनले थुप्रै हक अधिकार प्राप्त गर्ने सिलसिलामा श्रमिक महिलाहरुको समेत उच्च वलिदानीपर्ुण्ा संर्घष्ाले स्थापित समाजबादी लेनिनको सत्ताले जनबादी रुसमा महिलाहरुलाई सबै प्रकारको समान अधिकार प्राप्त गरेको थियो । चिनका जनप्रिय नेता माओ सेत्तुङ्गले महिला दिवसको सर्न्दर्भमा भन्नुभए जस्तै संसारका श्रमिक महिलाहरुको कोव|mो हल्लाउने हातले संसार हल्लाउन सक्छ भन्ने युक्तिलाई आत्मासाथ गर्दै नेपाली वर्गसंर्घष्ालाई प्रवासी श्रमिक महिलाहरुले समतामुलक समाजको निर्माण , लिंगीय विभेदको अन्त्य र आमुलपरिवर्तनकारी समाजवादी क्रान्तिको बाटोमा आफुलाई उभ्याउनु नै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको र्सार्थकता रहने छ ।

जित बहादुर लामा
ब्रसेल्स
२९ फेब्रुवरी २०१२


Send To Friend | Printer Friendly Version | Comments: 0