नेपाली अभिनेत्री हत्या गर्ने दुई भारतीय पक्राउ

[ 16th of April ]

नेपाली अभिनेत्री मिनाक्षी थापा
हत्याको आरोपमा भारतमा दुई पक्राउ परेका छन् । मिनाक्षी फिल्म '४०४' र केही टेलिभिजन कमर्सियलमा देखिएकी थिइन् ।

बेपत्ता मिनाक्षीको शव भेटिएपछि घटनासँग सम्बन्धित अमितकुमार जयसवाल र प्रिती एलभिना सुरीलाई पक्राउ गरिएको भारतीय अखबारहरुले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार मिनाक्षीको शव टुक्रा-टुक्रा पारेर ट्यांकीमा फालिएको थियो भने टाउको बसभित्र फ्यालिएको थियो । आरोपीहरुसँग मिनाक्षीको भेट मुम्बईमा भएको थियो ।

पक्राउ परेका अभियुक्तहरुले मिनाक्षीका आमा र भाइसँग रकम माग गरेको बताइएको छ । रकम नदिए मिनाक्षीको पोर्न भिडियो बनाउने र हत्या गर्ने धम्की दिएको प्रहरी अधिकारीले बताएका छन् ।


Send To Friend | Printer Friendly Version | Comments: 0