थारू कल्याणकारिणी सभाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
[ 24th of January ]
संविधानसभा राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको १४ प्रदेशको खाकाप्रति असन्तुष्टि जनाउँदै थारू कल्याणकारिणी सभाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
यो मस्यौदाले मुलुकमा व्याप्त संघीयताको मागलाई सहि रुपमा सम्बोधन गर्न नसकेको जनाउँदै सभाले नेपालमा संघीयताको माग किन उठेको हो भन्ने पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरेो भन्दै असहमती जनाएको छ।
थारू कल्याणकारिणी सभाका अध्यक्षले राजकुमार लेखीले एक विज्ञप्ति जारी गर्दै प्रदेश निर्धारण सहि ढंगले नभएको बताउनुभएको छ।
सभाले १४ प्रदेशको प्रस्तावलाई फिर्ता लिन माग गर्दै जनसंख्या, भूगोल र ऐतिहासिकताका आधारमा आदिवासी, जनजाति, दलित, मुस्लिम तथा अल्पसंख्यकहरुको बाहुल्य हुने गरी तथा सबै समुदायको अधिकार स्थापित हुने गरी वैज्ञानिक आधारमा प्रदेश निर्धारण गर्न माग गरेको छ।यसैगरी सभाले माघ २० गते संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका काठमाडौंमा जलाउने।
माघ २४ गते अपरान्ह जिल्ला सदरमुकामहरु तथा बजारहरुमा मसाल जुलुस प्रदर्शन गर्ने।
माघ २५ गते थरुहट तराईमा आमहडताल गरी प्रत्येक जिल्ला सदरमुकाम तथा बजारहरुमा संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका जलाउने कार्यक्रम सार्वजनिक गरेको छ।