बेल्जियम को ब्रुज सहरमा नेपालि भाषाकक्षा आइतबार बाट संचालन भएको छ। बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भइ आएका बालकालिकाहरुको लागि नेपालि भाषा र सस्कृति को ज्ञान दिने उद्दश्यले उत्त कक्षा सुरु भएको हो ।
उत्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक आइतबार बिहान दश बजे बाट बाह्र सम्म अध्ययन गराइने पहिलो कक्षामा १२ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । विधयार्थिको संख्यामा अझै वृद्धि हुने अभिभावकहरु ले बताएका छन । हिमालयन प्रोजेक्ट ले शैिक्षक सामाग्रि उपलब्ध गराएको उत्त कक्षाकाे सन्तोष न्यौपाने र आवाज अधिकारि ले प्रशिक्ष्ँण दिएका छन ।