कति छन् अमेरिकामा ग्रिनकार्ड लिने नेपालीहरू?

डा अर्जुन बन्जाडे/ अमेरिकामा नेपालीहरू कति होलान् ? यो प्रश्नको यकिन उत्तर कसै सँग पनि छैन, तर पनि सबैले सोध्ने र अनुमान लगाउने आम विषयमा यो पर्छ। यही प्रश्नको उत्तरको खोजीमा यो पङ्क्तिकारले गरेको एक सर्वेक्षणमा आधारित आलेख यहाँ प्रस्तुत गरिएको छ।

नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमान्डैामा अमेरिकाको राजदूतावासको स्थापना हुनु भन्दा पहिले नेपालबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या विरलै थियो। सन् १९५० मा राणा शासनको अन्त्य पछि अमेरिकामा आउने नेपालीहरूको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै थियो तर सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आयो। अमेरिकामा सन् १९९० मा तत्कालीन अमेरिकन राष्ट्पती जर्ज बुस को समयमा पारित Immigration Act of 1990 (अहिले कायम रहेको सबैले सजिलै बुझ्ने डी. भी. चिट्ठा यसैको उपज हो) र सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् सृजित वातावरणले नेपालीहरूको अमेरिकामा आउने क्रम महत्तोपुर्ण भूमिका निभायो ।

सन् १९४७ मा प्रजातन्त्रको स्थापनाको लगत्तै सुरु भएको नेपालीहरूको अमेरिका आउने क्रम सन् १९६० मा प्रजातन्त्रको अन्त्य पछि शिथिलता आएकोमा सन् १९९१ मा प्रजातन्त्रको पुनर् स्थान पछि यो क्रममा पुन तीव्रता आयो।

अमेरिका आउने नेपालीहरूको सङ्ख्या सन् १९८० को दशक भन्दा अगाडी नगण्य भएको र तथ्याङ्कहरूको सहज उपलब्धताको आधारमा एस लेखमा सन् १९८६ र त्यस पछिका तथ्याङ्कहरू मात्र समावेश गरिएका छन्। एस लेखमा समावेश सबै तथ्याङ्कहरूका श्रोत U.S. Department of Homeland Security (अमेरिकाको गृह मन्त्रालय) हो । यी तथ्याङ्कहरू लेखकले एन. आर. एन. ए. अमेरिकाको जुन १५-१६, २०१८ मा सनफ्रान्सिस्कोमा सम्पन्न पहिलो विज्ञ सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा समावेश थिए ।

विषयवस्तुको आधिकारिताका लागी यो आलेखमा अमेरिकामा स्थाई बसोबासको प्रमाणपत्र ( ग्रिन कार्ड) लिएका नेपालीहरू तथ्याङ्क मात्र प्रस्तुत गरिएको छ।

ग्रिन कार्ड के हो?

ग्रिन कार्डले अमेरिकामा स्थाई रूपमा बस्न र काम गर्न अधिकार दिन्छ । केन्द्र सरकारका जागिरहरू पाउन, सबै तहका निर्वाचनहरू मा उम्मेदवार हुन् वा भोट दिन, तथा अदालतमा जुरीको रूपमा सेवा गर्न बाहेकका सबैजसो काम गर्न ग्रिन कार्डवालाहरूलाई अधिकार हुन्छ । ग्रीनकार्ड लिएकाहरूले अमेरिका प्रवेश गर्दा भिसा लिई रहनु पर्दैन तर अंन्तरराष्टिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नु पर्दछ । नेपालीहरूले ग्रिन कार्ड विभिन्न तरिकाले पाएका हुन सक्छन् जस्तै अमेरिकन नागरिकता लिएका परिवारका सदस्य मार्फत, जागिर मार्फत, धार्मिक कामदारको रूपमा, अंन्तरराष्टिय सञ्चार माध्यममा कान गर्ने रूपमा, मानव तस्करी बाट दुख पाएकाहरू, र अन्य । ।

कुन वर्षमा कतिले लिए ग्रिन कार्ड ?

आर्थिक वर्ष ग्रिन कार्ड लिनेहरु   आर्थिक वर्ष ग्रिन कार्डहरु   आर्थिक वर्ष ग्रिन कार्डलिनेहरु
1986 86 1997 447 2008 4,093
1987 78 1998 476 2009 4,514
1988 106 1999 453 2010 7,115
1989 134 2000 617 2011 10,166
1990 184 2001 949 2012 11,312
1991 174 2002 1,138 2013 13,046
1992 212 2003 2,095 2014 12,357
1993 257 2004 2,842 2015 12,926
1994 257 2005 3,158 2016 12,851
1995 312 2006 3,733 2017 11,610
1996 431 2007 3,472 2018 NA

एस तथ्याङ्कबाट के देखिन्छ भने आर्थिक वर्ष १९८६ मा जम्मा ८६ जना नेपालीहरूले अमेरिकाको स्थाई बसोबासको प्रमाणपत्र (ग्रिन कार्ड) लिएका थिए भने आर्थिक वर्ष २००२ मा १,००० भन्दा नेपालीहरूले ग्रिन कार्ड लिए र आर्थिक वर्ष २०११ आउँदा यो सङ्ख्या १०,००० नाघ्यो । आर्थिक वर्ष १९८६ देखि आर्थिक वर्ष २०१७ सम्म जम्मा जम्मी १२१,६०१ जनाले अमेरिकाको ग्रीनकार्ड प्राप्त गरेको देखिन्छ।

सन् १९८६ को अक्टोबर सुरु देखि सन् २०१७ को सेप्टेम्बरको अन्त सम्म (Fiscal Year 1986 to Fiscal Year 2017) मा जम्मा १२१,६०१ जना नेपालीहरूले अमेरिकाको ग्रीनकार्ड प्राप्त गरे ।

( डा अर्जुन बन्जाडे एन आर एन ए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ)

source : setopati.com